काठमाडौं- युरोकप फुटबलअन्तर्गत लगातार दोस्रो खेलमा स्पेन बराबरीमा रोकिएको छ । समूह एफअन्तर्गत शनिबार राति भएको खेलमा स्पेनलाई पोल्याण्डले १-१ को बराबरीमा रोकेको हो ।
२५ औँ मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिए पनि स्पेनले जोगाउन सकेन । ५४ औँ मिनेटमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल गरेका हुन् । पहिलो खेलमा स्लोभाकियासँग २-१ ले पराजित भएको पोल्याण्डले यो खेलबाट पहिलो अंक जोडेको छ ।
यस्तै पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले यो खेलमा पनि जित निकाल्न सकेन ।
दुई खेलमा एकमा जित र एकमा बारबरीसहित चार अंक जोडेर स्वीडेन समूहको शीर्ष स्थानमा छ । तीन अंकसहित स्लोभाकिया दोस्रो स्थानमा छ भने तेस्रो स्थानको स्पेनको दुई अंक भएको छ ।