काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याएका छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका उनले कांग्रेस, कम्युनिस्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताए ।
डा.भट्टराईले आइतबार बिहान ट्वीट गर्दै समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरेका छन् भने पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका छन् ।
‘भनिन्छ- टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ डा.भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु !’
उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताए । ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन् ।