sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

महाकाली राजमार्ग पुनः अवरुद्ध

महाकाली राजमार्ग पुनः अवरुद्ध

images

सुत्र न्यूज

६ आषाढ २०७८
  • 156
    SHARES
  • बैतडी- लगातारको वर्षाले पहिरो खस्दा महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ । राजमार्गको बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका-५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

    गए राति १ बजेदेखि राजमार्ग अवरुद्ध भएको त्यहाँबाट से१ख १३३३ एमबुलेन्सका चालक धनेश जोशीले जानकारी दिए । उनले भने, 'पहिरो खसेको छ, राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।' राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रु अलपत्र परेका छन् ।

    अवरुद्ध राजमार्ग जेसिबीको सहायताले खोल्ने प्रयास भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए । उनले भने, 'गाउँपालिकाको जेसिबी लिएर जाँदैछौँ, लगातारको वर्षाले केही समस्या गर्लाजस्तो छ ।'

    यसअघि शनिबार अपराह्न सुर्नया गाउँपालिका-३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा बेलुका सञ्चालनमा ल्याइएको थियो । केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भइरहेका छन् । 


    प्रकाशित :आषाढ ६, २०७८ आइतवार - १५:२१:१२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.