सप्तरीमा करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु-Sutra News

सप्तरीमा करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु

आइतबार, ६ असार २०७८

आइतबार, ६ असार २०७८

रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ ।



ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताए । उनका  दाजु सुरेन्द्र लौगी घाइते भएका छन् ।

घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ । दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरेको बेलामा माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको माझीले जानकारी दिए ।

करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् ।मृतकको शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट