काठमाडौँ । आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुसँग छलफल जारी राखेका छन् ।
आफुलाई सहयोग गर्न आग्रह गर्दै नेता देउवाले आज पनि बुढानिलकण्ठस्थित आफ्नै निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।
काँग्रेसका एक सदस्यले बिहान १० बजे बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल सुरू गरेको सुत्रन्युजलाई जानकारी दिए ।
प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग हिजो शनिवार छलफल गरेका नेता देउवाले आज फेरि आज गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग अपरान्ह ३ बजे छलफल गर्न लागेका छन्।
अब हुने काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा विमलेन्द्र निधि पनि उठ्ने तयारीमा छन्।