काठमाडौं- भारत नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ ।
नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबार दिउँसो बताएका छन् ।
खनालको स्वास्थमा उल्लेख्य सुधार आएको र ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको भट्टराईले जानकारी दिएका छन् । स्वकीय सचिव भट्टराईका अनुसार, खनालको स्वासप्रश्वासको सहजताका लागि लगाइएको अक्सिजन सर्पोट पनि हटाइएको छ ।
बुधबार अपराह्नदेखि एपोलोमा उपचाररत खनालको थप स्वास्थ्यमा थप सुधार आउन केही दिन लाग्ने उपचारमा संलग्न चिकित्सकहरुको भनाइ उध्तृत गर्दै भट्टराईले जानकारी दिए ।