‘दलित’ भनेर रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रक्राउ-Sutra News

‘दलित’ भनेर रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रक्राउ

आइतबार, ६ असार २०७८

आइतबार, ६ असार २०७८

काठमाडौं- जातका कारण घरको कोठा भाडामा नदिएको आरोपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले पक्राउ गरेको जानकारी दिए ।



प्रहरीले घरबेटीलाई पक्राउ गर्न गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको वृत्तका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंह बताए ।

रुपा सुनारलाई ‘तल्लो जात’ को भन्दै कोठा भाडामा दिन नसक्ने बताएपछि उनले घरबेटीविरूद्ध बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर जाहेरी दर्ता गराएकी थिइन् ।

आफूमाथि जातीय विभेद भएको भन्दै प्रधान थरकी घरबेटीविरूद्ध उनले जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट