निर्वाचन आयोगद्वारा ठाकुरलाई १५ दिनभित्र लिखित जवाफ पठाउन आग्रह-Sutra News

निर्वाचन आयोगद्वारा ठाकुरलाई १५ दिनभित्र लिखित जवाफ पठाउन आग्रह

आइतबार, ६ असार २०७८

आइतबार, ६ असार २०७८

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आग्रह गरेको छ ।



आइतबार बसेको निर्वाचन आयोगको बैठकले १५ दिनभित्र पार्टी आधिकारिकताको दावी पेश गर्न ठाकुर पक्षलाई पत्र पठाउने निर्णय गरेको हो ।

उपेन्द्र यादव समूहले आयोगमा जसपाको आधिकारिकता दावी पेस गरिसकेको छ । यादव समूहले पार्टीको कार्यकारिणी समितिको बहुमतसहित शुक्रबार आयोगमा पार्टी आधिकारिकताको दावी पेश गरेको हो ।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट