पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार-Sutra News

पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

आइतबार, ६ असार २०७८

आइतबार, ६ असार २०७८

जाजरकोट- सिमकोट गाउँपालिका-६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ ।



सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो ।

आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट