प्रचण्डलाई भेटेर मनाङेले के भने ?-Sutra News

प्रचण्डलाई भेटेर मनाङेले के भने ?

आइतबार, ६ असार २०७८

आइतबार, ६ असार २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले भेट गरेका छन् ।



भेटको तस्बिर सार्वजनिक गर्दै मन्त्री मनाङेले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताएका छन् ।

मनाङबाट स्वतन्त्र सांसदका रूपमा जितेका मनाङेले केही समयअघि सम्पन्न गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा विपक्षी गठबन्धनलाई साथ दिएका थिए ।

उनले साथ दिएकै कारण कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् ।

निर्णायक भूमिकामा रहेका मनाङेले त्यसअघि नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङलाई साथ दिएका थिए । त्यसबेला पनि मन्त्री बन्ने मौका पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट