काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले यस्तो बताएका हुन् ।
‘ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो !’डा.भट्टराईले भने, ‘मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन ।’
आफ्नै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई लक्षित गर्दै डा.भट्टराईले भने,‘स्वच्छ छवीका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु ! NOT IN MY NAME!’
ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!NOT IN MY NAME!
— Baburam Bhattarai (@brb1954) June 20, 2021