काठमाडौं- देशभरको मौसम सोमबार पनि सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले बताएका छन् । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा प्रदेश १ का एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
यसैगरि राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २ का एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।
पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
असार ०७,
आज देशका प्रमुख तथा मझौला नदी कनकाई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य घटबढ हुने तथा सवैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ। pic.twitter.com/Gj6RUTqy8D— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 21, 2021