काठमाडौं- नेपाली सेनाका जवानले आफैंलाई गोली हानेका छन् ।
वीरगञ्ज ब्यारेकमा कार्यरत पर्साको पोखरिया नगरपालिका-७ सतवरिया टोलका श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैंलाई गोली हानेका हुन् ।
पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालकाअनुसार उनको चिउडोबाट गोली छिरेर आँखा नजिकैबाट निस्किएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा चौहानले आफैंले आफैंलाई गोली हानेको जस्तो देखिएको खनालको भनाइ छ ।
चौहानको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको र उनको अवस्था अहिले पनि गम्भीर रहेको खनालले बताए ।
सांकेतिक तस्बिर