काठमाडौँमा खुल्दै निषेधाज्ञा, भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन-Sutra News

काठमाडौँमा खुल्दै निषेधाज्ञा, भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

भोलिदेखि टुटल र पठाओ कम्पनीले सेवा सुरु गर्ने भएका छन् ।



उनीहरुले सरकारले लागू गरेको जोराबिजोर प्रणालीअनुसार नै सेवा संचालन गर्न लागेका हुन् ।

भोलीबाट पठाओ सेवा संचालन गर्नका लागि आवश्यक छलफल भइरहेको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिएका छन् ।

त्यस्तै टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा संचालन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट