शिक्षक महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
३ वर्षदेखि ५७ लाख निरन्तर बेरुजु देखाउँदै आइरहेको भन्दै तनहुँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियारमा निवेदन दिएका हुन् ।
भट्टराई स्थायी शिक्षक मञ्चका संयोजक समेत हुन् ।