स्वास्थ्य मन्त्रालयले जनाए अनुसार नेपालमा थप कोभिड-१९ को अल्फा भेरियन्ट ( B.1.1.7) देखिएको छ ।
मन्त्रालयले निकालेको विज्ञप्तिअनुसार नेपालमा अल्फा भेरियन्ट (B.1.1.7) देखिएको पुष्टि भएको हो ।
नेपालमा हालसम्म variant of concern का रुपमा अल्फा ( B.1.1.7) र डेल्टा ( B.1.617.2) भेरियन्ट तथा variant of interest का रुपमा कप्पा भेरियन्ट ( B.1.617.1 ) पुष्टि भएको छ ।
यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।