माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ ।
सोमबार बसेको माओवादी केन्द्रको भर्चुअल बैठकले एमालेमा प्रवेश गरेका उनीहरूलाई साधारण सदस्यबाटै हटाएको हो ।
आजको बैठकले २ नगर प्रमुख,६ उपप्रमुख,१ नगरपालिका सदस्य, १ गाउँपालिका अध्यक्ष, ४ वडाअध्यक्ष गरी १४ जनालाई कारवाही गरेको हो।