काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेका नेताहरुलाई अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।
माधव पक्षले अदालतमा बुझाएको सही फिर्ता लिन र जेठ ३ अघिको बैठक बस्न नमाने उनीहरुलाई एकताका लागि पहल गर्न नहुने उनले उल्लेख गरेका छन् ।
‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू नै थाके कि के हो ? खिचडी पाक्ने त हो-हाेइन चुल्हो धुवाँएको पनि देखिएन । कि असारे झरीमा झुर्का भेटिएन ? अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम्, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’ उनले लेखेका छन् ।