

कोरोनाको खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
तुरुन्त दोस्रो डोज खोपको आदेश दिन भन्दै चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको पेशी भोलिको लागि तोकेको बताइएको छ ।
ज्येष्ठ नागरिकहरुलाई गत फागुन २३ देखि चैत ३ सम्म खोप लगाइएको थियो । पहिलो चरणको खोप लगाएका १३ लाख माथि मानिसहरुले कोरोनाको दोस्रो डोजको खोप लगाउन पाएका छैनन् ।