प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन नजिकिएको हुनाले यतिबेला नेताहरु छलफलमा तीव्र रुपले लागेका छन् ।
सोमबार कांग्रेसका सभापतिको दाबेदार मानिने उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमानबीच निधि निवास मध्य वानेश्वरमा भेटवार्ता भएको छ ।
लगभग दुई घण्टा लामो छलफलमा उनीहरु आउने महाधिवेशमा नै केन्द्रित रहेर कुराकानी भएको स्रोतले जनायो ।
त्यस्तै यता काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यतिबेला भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
सभापतिमा उठ्ने बताएका उनले केन्द्रीय सदस्यहरुसँग छलफल जारी राखेका छन् ।
आफुलाई सहयोग गर्न आग्रह गर्दै नेता देउवाले हिजो बुढानिलकण्ठस्थित आफ्नै निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।