कथित अभियन्ता संग्रौलालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने-Sutra News

कथित अभियन्ता संग्रौलालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

काठमाडौँ  । आफुलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासनले तीन दिनको समय दिएको छ।



संग्रौलाको समूहले आफूलाई हातपात गरेको उनीहरुविरुद्ध खुश्बु घिमिरेले अभद्र व्यवहारमा जाहेरी दिएकी थिइन् ।

ट्राफिक प्रहरी असई मणिकान्त झाले पनि सोमबार महानगरीय प्रहरी परिसर संग्रौलामाथि उजुरी दिएका छन् ।

 ड्युटीमा रहेको बेला ज्वालासहितको टोलीले आफूमाथि रंगभेदी टिप्पणी गरेको भन्दै झाले कारबाहीको माग गर्न प्रतिवेदन दर्ता गराएका छन्।

गतसाता सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा ज्वालासहितको टोलीले रंगभेदी शब्द प्रयोग गरेर ट्राफिक प्रहरी असई झालाई अपमान गरेका थिए।

उनले ट्राफिक प्रहरी असई झालाई सरूवा गराइदिने धम्कीपनि दिएकी थिइन्।

प्रतिवेदन आइसकेकोले छानबिन सुरू हुने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट