पोखरीमा डुबेर बालकको मृत्यु-Sutra News

पोखरीमा डुबेर बालकको मृत्यु

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ ।



घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट