कोरोना संक्रमितको मनोबल बढाउन आईसोलेसनमा योग-Sutra News

कोरोना संक्रमितको मनोबल बढाउन आईसोलेसनमा योग

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

काठमाडौं- कोरोना संक्रमितको मनोबल बढाउन आइशोलेसनमा योग सिकाउन थालिएको छ । पतञ्जली योग जिल्ला कार्यसमित सङ्खुवासभाको आयोजनामा हरेक दिन योगा सिकाउने गरेको छ ।



सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा जिल्ला अस्पतालको अस्थायी कोभिड आईसोलेसन वार्डमा कोरोना संक्रमितको मनोबल बढाउन पतञ्जली योगले हरेक दिन योग सिकाउने गरेको छ ।

योग मार्फत श्वासप्रश्वासको अभ्यासलाई प्राथमिकतामा राखिएको प्रशिक्षक छितिज बरालले जानकारी दिए । कोरोना संक्रमित मात्रै होइन खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ पनि योग सिक्न तुम्लिङटारको आइशोलेसनमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट