काठमाडौं- युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक यूरोकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा अस्ट्रियाले युक्रेनलाई १-० गोलले हरायो । युवा खेलाडी क्रिस्टोफर बौमगार्टनरले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
जीतसँगै समूह सीमा अस्ट्रिया ६ अंक बटुल्दै दोस्रो स्थानमा रहन सफल भयो । अब अस्ट्रियाले शनिबार अन्तिम १६ को खेलमा इटालीको सामना गर्नेछ ।