कस्तो रहला आजको मौसम ?-Sutra News

कस्तो रहला आजको मौसम ?

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

काठमाडौं- देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापिय रेखा समेत रहेकाले मौसम प्रभावित भएको हो ।



देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको समेत सम्भावना छ । यसैबिच पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट