केपी ओलीको भ्याकेट निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै-Sutra News

केपी ओलीको भ्याकेट निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

काठमाडौँ । कर्णाली प्रदेश सरकारका फ्लोर क्रस गर्ने एमालेका चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन (भ्याकेट) को आज सुनुवाइ हुने भएको छ ।



जेठ २७ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार सांसदमाथि एमालेले गरेको कारबाही मान्य नहुने आदेश दिएको थियो।

आज मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा उक्त भ्याकेटको सुनुवाइ हुन लागेको हो।

एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापाले वैशाख ३ गते फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका दिएपछि उनीहरूलाई एमालेले वैशाख १४ गते सांसदबाट पदमुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट