नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई तिहाइ बहुमतको नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न हुँदा आफूलाई दुःख लागेको बताएका छन् ।
माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले देशको राजनीतिक अवस्थालाई थप दुर्घटनातर्फ जान नदिने पनि उनले उल्लेख गरेका छन् ।
सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले केपी ओलीको शैली अब छिट्टै परास्त हुँदै देशले छिटै निकास पाउने कुरामा विश्वास व्यक्त गरेका छन् ।
चितवन पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन समेत गरेका छन् ।