राष्ट्रिय स्तरको ‘युटिसी गट ट्यालेन्ट’ संचालन हुँदै-Sutra News

राष्ट्रिय स्तरको ‘युटिसी गट ट्यालेन्ट’ संचालन हुँदै

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

काठमाडौं । युटिसीले राष्ट्रिय स्तरको UTC Got Talent संचालन गरिरहेको छ । युटिसी गट ट्यालेन्टमा भाग लिन नेपालभरिबाट २ हजार भन्दा बढी प्रतिभावान प्रतियोगीहरूले आवेदन दिएको युटिसीका प्रशासकीय निर्देशक प्रकाश ढकालले जानकारी दिएका छन् ।



युटिसीका प्रबन्ध निर्देशक राजेश पुडासैनीका अनुसार प्रतिभा प्रसतुत गर्ने आँगनको रूपमा लिएको युटिसी गट ट्यालेन्टमा आवेदन दिएका २ हजार भन्दा बढी सहभागीहरु मध्यबाट छनोट भएका २ सय जनालाई पब्लिक फिगर राउन्डको लागि जेष्ठ ६ गतेदेखि युटिसीको फेसबुक पेज Universal Thought Consult – Kathmandu बाट पोस्ट गरी सुरु गरिएको छ ।

पब्लिक फिगर राउन्डमा छनोट भएका सहभागीहरुबाट ३० प्रतिशत सामाजिक संजालबाट पाएको लोकप्रियता र ७० प्रतिशत प्रि-जज प्यानलको जजमेन्टका आधारमा छनोट हुन सफल ४० प्रतिभालाई पेरिङ्ग राउन्डका लागि छनोट गरिनेछ। यस राउन्डमा छनोट हुन सफल ४० प्रतिस्पर्धाीलाई विधा मिल्ने २० वटा जोडीमा बिभाजन गरिनेछ ।

बिभाजन गरिएको जोडीहरुलाई प्रतिस्पर्धा गराइनेछ र जोडीको २ मध्य एक उत्कृष्ट प्रतिभालाई छनोट गरि जम्मा २० प्रतिस्पर्धीलाई जुरि मेम्बर च्यालेन्ज राउन्डका लागि छनोट गरिनेछ। जुरि मेम्बरहरुलाई आफ्नो विधा मिल्ने जोडी बनाएर प्रि-जजहरुको सल्लाह सुझाव संगै चुनौती पेस गरि लाइभ प्रतिस्पर्धा गराइनेछ र हरेक जोडीबाट उत्कृष्ट एकलाई छनोट गरिनेछ। यसरी छनोट भएका उत्कृष्ट १० प्रतिभालाई अनलाइन भोटिङ र प्रि-जज भोटिङबाट युटिसी गट ट्यालेन्टको Grand Final Round को लागि छनोट गरिनेछ। फाइनल राउन्डलाई UTC Open House Event का दिन भब्यताका साथ गरिने छ। मोफसलका उत्कृष्ट प्रतिभाहरुलाई हौसल प्रधान गरि प्रतिस्पर्धामा ल्याएर राष्ट्रिय स्तरका सर्वोत्कृष्ट प्रतिभालाई प्रस्तुत गरि उचित प्लेटफर्म प्रदान गर्ने र प्रतिभाको खोजी गरीअगाडि बढ्न प्रोत्साहन उदेश्यले युटिसीले यस्ता खालका अन्य कार्यक्रमहरुलाई पनि आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट