माधवमाथि खिमलालको आरोप- शर्तमाथि शर्त थपेर एकता भाँडियो-Sutra News

माधवमाथि खिमलालको आरोप- शर्तमाथि शर्त थपेर एकता भाँडियो

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

नेकपा एमालेका युवा नेता खिमलाल भट्टराईले जेठ २ मा फर्किने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिन नमिल्ने बताएका छन् ।



उनले पार्टी एकताका लागि माधवकुमार नेपालले चासो नदेखाएको आरोपसमेत लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्,’केन्द्रीय सदस्य माधव कमरेडमा एकताको चाहना देखिएन । जेठ दुईमा फर्कने भनिसकेपछि कमरेड केपी ओलीलाई दोष दिने ठाउँ छैन ।’

उनले भ्याकेट लगायत सबै कुरा कमिटीको बैठकमा छलफल गर्न सकिन्छ र एकता प्रस्तावमा हस्ताक्षरसॅगै समाधान हुने कुरालाई मुद्दा बनाउनु अवान्छित भएको उल्लेख गरेका छन् ।

त्यस्तै उनले माधव नेपालले मिलेको कुरामा पनि समस्या बढाउनका लागि शर्तहरु थापिरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट