संविधानलाई सही बाटामा हिँडाइने छः अध्यक्ष दाहाल-Sutra News

संविधानलाई सही बाटामा हिँडाइने छः अध्यक्ष दाहाल

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।



माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए ।

उनले दुई तिहाइ बहुमतको नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न हुँदा आफूलाई दुःख लागेको बताएका छन् । त्यस्तै उनले देशको राजनीतिक अवस्थालाई थप दुर्घटनातर्फ जान नदिने पनि उल्लेख गरेका छन् ।

सो अवसरमा अध्यक्ष दाहालले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट