जन्मदेव जैसीको नेतृत्वमा पत्रकारको नयाँ संस्था गठन – श्रमजीवी पत्रकार संघ-Sutra News

जन्मदेव जैसीको नेतृत्वमा पत्रकारको नयाँ संस्था गठन – श्रमजीवी पत्रकार संघ

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता : श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारासहित श्रमिक पत्रकारको हकहितका लागि नयाँ संस्था दर्ता भएको छ ।



संस्थाका अध्यक्ष जन्मदेव जैसीले मंगलवार एक विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकार संघ औपचारिक रूपमा दर्ता भएको जानकारी दिएका छन् ।

‘सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित छैन । यो पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने उद्देश्यले स्थापित श्रमजीवी-पत्रकार संघ, नेपाल पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था हो,’ जैसीले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस विज्ञप्ति –

हामी २१ शताब्दीको सूचनाको युगमा छौ । युगको विकास र चुनौतिसंगै सञ्चार क्षेत्रका अभियन्ताहरुका भूमिका र उनिहरुको सामाजिक, आर्थिक र पेशागत सुरक्षाका बिषयमा चासाे र चिन्ता सर्वत्र छ । दशकौं अघि हाम्रा अग्रजहरु स्व डा गोपाल सिवाकोटी, गोपाल बुढाथोकी, प्रेम कैदीलगायतले श्रमजीवी पत्रकार तथा सञ्चार श्रमिकहरुको श्रमको उचित समान, पेशागत सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अभियान थाल्नुभएको थियो ।

तिनै मुद्धा र एजेण्डासहित अघि बढ्न प्रचलित ट्रेड यूनियन अधिकारको प्रयोग गर्दै श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा श्रमजीवी-पत्रकार संघ, नेपाल नामको संगठन दर्ता गरी औपचारिक रुपमा संस्थागत उद्देश्य र मान्यतासहित हामी तपाईहरु समक्ष आएका छौ ।

यहाँहरुलाइ अवगतै छ, सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित छैन । यो पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने उद्देश्यले स्थापित श्रमजीवी-पत्रकार संघ, नेपाल पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था हो ।

पत्रकारिता क्षेत्रमा काम गर्ने साना लगानीका स्वरोजगारमुखी सञ्चारर्मीदेखि ठूला कर्पोरेट मिडियामा श्रम गर्नेहरुको हितमा काम गर्न यो संस्थाको जन्म भएको हो। पत्रकारिता क्षेत्रमा सम्बद्ध जुनसुकै राजनीतिक दलमा आस्था राख्ने व्यक्ति अटाउन सक्छ । यसको कर्म भनेकै श्रमजीवीले कानूनी हक प्राप्त गर्ने हो ।

श्रमजीवीको सुरक्षाका लागि आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाव दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षा लागि आवाज बुलुन्द गर्नु नै यस संस्थाको मूख्य उद्देश्य रहेको छ । पत्रकारिता क्षेत्रमा लागेका श्रमजीवीकाे हकहितको प्रवर्द्धनका लागि यसअघि यस्ता संस्थाको विद्यमानता रहे पनि त्यस्ता संस्थाबाट पीडित सबै श्रमजीवीलाई न्याय दिलाउन पहलकदमी नलिएकाले यस संस्थाको आबश्यकता खट्केको हो ।

यसले कुनै पनि पीडित श्रमजीवीलाई न्यायका लागि लड्दालड्दै थाकेर मुद्धा छोड्नुपर्ने अबस्था आउन नदिने संकल्प लिएको छ । समयमै न्याय दिलाउन, सबै श्रमजीवीले समयमै न्याय पाउने अबस्थाका लागि निरन्तर लागिरहने बाचा गर्दै राज्यबाट सबै सुविधा लिने तर श्रमजीवीलाई पारिश्रमिक नदिने कथित ठूला कर्पोरेट मिडियालाई तत्काल कानुनको दायरामा ल्याउने काम पनि यस संस्थाले गर्नेछ ।

सबै श्रमजीवीको पूर्ण साथ लिएर थाल्ने याे हाम्रो पवित्र अभियामा सबै सञ्चार अभियन्ताहरुलाई एकतावद्ध र सहर्कायका लागि हार्दिक आव्हान गर्दछौ ।

धन्यवाद । मिति : २०७८/०३/०७ जन्मदेव जैसी अध्यक्ष

janmadev jaishi.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट