काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।
खेलाडीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो ।
स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु गरेको छ ।
त्यस्तै आज साफ च्याम्पियनसिप र एसियन कप फुटबलको अन्तिम चरणको छनौटका लागि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ५० खेलाडी छनौट गरेका छन् ।
उनले बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनौट गरेको एन्फाले जनाएको छ ।