यस्ता छन् एमाले एकता जोगाउन भीम आर्चायका ६ सुझाव-Sutra News

यस्ता छन् एमाले एकता जोगाउन भीम आर्चायका ६ सुझाव

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

नेकपा (एमाले) नेपाल समूहका स्थायी समिति सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिएका छन् ।



मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एकता जोगाउनका लागि ६ बुँदे सुझाव दिएका हुन् । 

उनले गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नुपर्ने बताएका छन् । 

त्यस्तै उनले पार्टी भित्रका गुटहरूको टकरावका कारण यसबी भएका द्वन्द्व र कामहरूको उपर्युक्त समयमा समीक्षा गर्दै भएका कमी-कमजोरीहरू सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरेका छन् ।

यस्ता छन् उनको सुझाव

(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरू तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्वभौम सदस्यहरूबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।

(२ )गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नु पर्दछ ।

(३) पार्टी भित्रका गुटहरूको टकरावका कारण यसबी भएका द्वन्द्व र कामहरूको उपर्युक्त समयमा समीक्षा गर्दै भएका कमी-कमजोरीहरू सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।

(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरूको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।

(५) पार्टीलाई विधि-विधान र स्थापित मान्यताहरूको आधारमा सञ्चालन गर्नु पर्दछ ।

(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरूसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरू रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट