राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट कांग्रेसमा प्रवेश गरेका ५५ जना महासमिति सदस्य बनेका छन् ।
नेपाली काँग्रेस पार्टीमा तत्कालीन राष्ट्रीय प्रजातन्त्र पार्टी संयुक्त (सुनिलबहादुर थापा समूह) बाट समायोजन गर्नका लागि भएको सहमति बमोजिम नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार उनीहरुलाई काँग्रेसको महासमिति सदस्य पदमा समायोजन गरिएको काँग्रेसले जनाएको छ ।