यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्दै-Sutra News

यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्दै

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

काठमाडौँ । कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि भन्दै बन्द भएको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ ।



काठमाडौँ उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरेर निरन्तरता गर्ने निर्णय सँगै यातायात व्यवस्था कार्यालय खुल्न लागेको हो ।

कार्यालय खुलेसँगै भोलिदेखि चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, राजस्व संकलन तथा स्मार्ट लाइसेन्ससम्बन्धि काम सुचारु हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट