बाढीपहिरोका कारण डेढ दर्जन जलविद्युत् आयोजनामा क्षति तर छैन लोडशेडिङ, कसरी ?-Sutra News

बाढीपहिरोका कारण डेढ दर्जन जलविद्युत् आयोजनामा क्षति तर छैन लोडशेडिङ, कसरी ?

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

अविरल वर्षाका कारण नेपालका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण निर्माणाधीन र सञ्चालनमा रहेका कैयौँ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।



अधिकारीहरूले बताएअनुसार बाढीका कारण अहिलेसम्म साना र ठूला गरी झन्डै डेढ दर्जन आयोजनामा निकै क्षति भएको छ । बाढीका कारण क्षति भएका ठाउँहरुको विवरण लिने काम भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले देशका बाढीपहिरोका कारण देशका विभिन्न भागमा निर्माणाधीन र सञ्चालनमा रहेका आयोजनाहरूमा लगभग १० अर्ब रुपैयाँको क्षति भएको अनुमान गरेको छ ।

देशका विभिन्न आयोजनामा क्षति भएतापनि हालसम्म कसैले पनि लोडशेडिङको सामना गर्नुपरेको छैन ।

अहिले नेपालमा दैनिक उच्च माग हुँदा १,२०० देखि १,३०० मेगावाट विदयुत् माग रहेको प्राधिकरणले जनाएको छ ।

देशमा बाढीपहिरो सुरु हुनेबित्तिकै करिब ५०० मेगावाट आपूर्ति अवरुद्ध हुँदा त्यसको पूर्ति गर्न एक दिनमा ६०० मेगावाटसम्म पनि भारतबाट बिजुली आयात गरिएको थियो ।

निजी क्षेत्रबाट संचालनमा आएका  आयोजनाहरूमा क्षति पुगेपछि प्रवर्तकहरूले आफूहरूलाई राहत दिनुपर्ने माग सरकारसँग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट