मन्त्रीपरिषद ५ सदस्यमा सिमित, विष्णु पौडेलको पद यथावत-Sutra News

मन्त्रीपरिषद ५ सदस्यमा सिमित, विष्णु पौडेलको पद यथावत

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै २० मन्त्री पदमुक्त भएका छन् ।



मन्त्रीपरिषद विस्तारविरुद्ध परेको रीटमाथि आज भएको सुनुवाइमा  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री पौडेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ मात्र रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट