यी हुन् अदालतको आदेशसँगै बर्खास्त भएका १८ र १२ दिने ‘म्यादी’ मन्त्रीहरू-Sutra News

यी हुन् अदालतको आदेशसँगै बर्खास्त भएका १८ र १२ दिने ‘म्यादी’ मन्त्रीहरू

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

सर्वोच्च अदालतले पछिल्लो २ पटक गरिएको मन्त्रिपरिषद विस्तारलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि १७ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त भएका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते र २७ गते गरी पछिल्लो समय दुईपटक मन्त्रिपरिषद बिस्तार गरेका थिए ।

सर्वोच्चको आदेशले अहिले जम्मा ५ सदस्यको मन्त्रिपरिषद बचेको छ ।

जेठ २१ गते मन्त्री बनेकाहरू जम्मा १८ दिन पदमा रहे भने जेठ २७ गते मन्त्री बनेकाहरू जम्मा १२ दिन कुर्ची सम्हाल्न पाए ।

यी हुन् जेठ २१ गते बनेका मन्त्रीहरू

राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास

शेरबहादुर तामाङ – स्वास्थ्य

शरतसिहं भण्डारी- ऊर्जा

अनिल झा- खानेपानी

विमल श्रीवास्तव- श्रम

उमाशंकर अरगरिया- युवा

लक्ष्मणलाल कर्ण- भूमी व्यवस्था

चन्दा चौधरी – महिला

एकबाल मियाँ- वन

चन्द्रकान्त चौधरी – ऊर्जा  राज्य मन्त्री

रेणुका गुरुङ –  महिला राज्य मन्त्री

यी हुन् जेठ २७ गते मन्त्री बनेकाहरू

खगराज अधिकारी -गृह  

रघुवीर महासेठ – परराष्ट्र

नैनकला थापा – सञ्चार मन्त्री

ज्वालाकुमारी साह – कृषि

नारदमुनी राणा – वन

मोहन बानियाँ – बिनाविभागीय

राजकिशोर यादव – उद्योग

गणेश पहाडी – सामान्य प्रशासन

आशाकुमारी बिक – वन राज्यमन्त्री

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट