अदालतको फैसलापछि एमालेमा खैलाबैला, ज्ञवाली भन्छन् – राजनीतिक अस्थीरता निम्तिने भयो-Sutra News

अदालतको फैसलापछि एमालेमा खैलाबैला, ज्ञवाली भन्छन् – राजनीतिक अस्थीरता निम्तिने भयो

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

पछिल्लो २ पटक बिस्तार भएको मन्त्रिपरिषदलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै मन्त्रीहरूलाई काम कारवाही गर्न रोक लगाएपछि एमालेले असन्तुष्टि प्रकट गरेको छ ।



प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको निर्णयले देश थप राजनीतिक जटिलतातिर जाने भन्दै चिन्ता प्रकट गरेका हुन् ।

‘अदालतले अप्रत्यासित फैसला गर्यो, यसले देशमा झनै राजनीतिक अस्थीरता निम्तिन्छ,’ ज्ञवालीले भने ।

पछिल्लो पटक जेठ २१ र २७ गते बिस्तार भएको मन्त्रिपरिषदलाई संवैधानिक ठहर गर्दै सर्वोच्चले मन्त्रीहरूलाई पदमुक्त गर्ने अन्तरिम आदेश जारी गरेको हो ।

मन्त्रिपरिषद बिस्तार भएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

त्यही रिटमाथि सुनुवाइ गर्दै प्रधानान्याधीश चोलेन्द्र शमशेर जबरा र प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रीहरूलाई पदमुक्त गर्ने अन्तरिम आदेश दिएको हो ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट