राजेन्द्र महतो: जसको हेलिकप्टरमा उड्दा–उड्दै उपप्रधानमन्त्री पद उड्यो-Sutra News

राजेन्द्र महतो: जसको हेलिकप्टरमा उड्दा–उड्दै उपप्रधानमन्त्री पद उड्यो

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।



मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि छलफल चल्दै गर्दा उपप्रधानमन्त्री राजेन्द्र महतो भने हेलिकोप्टर चढेर सिन्धुपाल्चोक गएका थिए ।

उनी काठमाडौंआउन नपाउँदै उनको मन्त्री चट् गएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते र २७ गते गरी पछिल्लो समय दुईपटक मन्त्रिपरिषद बिस्तार गरेका थिए ।

सर्वोच्चको आदेशले अहिले जम्मा ५ सदस्यीय मन्त्रिपरिषद बचेको छ ।

जेठ २१ गते मन्त्री बनेकाहरू जम्मा १८ दिन पदमा रहे भने जेठ २७ गते मन्त्री बनेकाहरू जम्मा १२ दिन कुर्ची सम्हाल्न पाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट