काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् भन्दै व्यङ्ग गरेका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएपछि डा.भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
जनता समाजवादी पार्टी,नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका डा.भट्टराईले ट्वीटरमा भनेका छन्, ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्दरभावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !’
संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो।क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आॅखा खुलोस्! pic.twitter.com/kDGtj1D7fO
— Baburam Bhattarai (@brb1954) June 22, 2021
यी हुन् अदालतको आदेशसँगै बर्खास्त भएका १८ र १२ दिने ‘म्यादी’ मन्त्रीहरू
अदालतको फैसलापछि एमालेमा खैलाबैला, ज्ञवाली भन्छन् – राजनीतिक अस्थीरता निम्तिने भयो