काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अदालतका फैसलाहरू सेटिङमा हुने गरेको दाबी गरेका छन् ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएपछि नेता बस्नेतको यस्तो प्रतिक्रिया आएको हो ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले भने, ‘अदालतका फैसलाहरू कि सेटिङमा हुने गर्दछन् । कि न्यायलयहरूले सम्भाव्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् ।’
अदालतको आदेशमा बाबुराम खुसी, पदमुक्त मन्त्रीहरूलाई यस्तो व्यङ्ग्य