काठमाडौं- बाराको बिश्रामपुर गाउँपालिका-१ बरैनिया टोलमा मृत अवस्थामा फेला परेका युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले एकजना मन्दिरका पुजारीसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाराको बिश्रामपुर गाउँपालिका-२ बरैनिया टोल निवासी बिरबहादुर यादव (दास बाबा) र फेटा गाउँपालिका-३ फुलवरिया टोल निवासी पारस महतो धानुकलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
२०७८ असार ३ गते बिश्रामपुर गाउँपालिका-२ भरवलिया बस्ने २५ वर्षीय भादो भनिने वीरेन्द्र बैठाको शव वडा नम्बर १ स्थित सडकको किनारमा फेला परेको थियो ।
प्रहरीकाअनुसार उनी गाँजा तथा पैसा चोरी गर्न मन्दिरमा गएको बेला मन्दिरका पुजारी यादवले उनको टाउकोमा फलामको चिम्टाले प्रहार गर्दा बैठा घाइते भइ लडेका थिए ।