काठमाडौं- नेकपा (माअोवादी) केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘अति भएपछि खति’ भएको बताएका छन् ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएपछि प्रवक्ता श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।
‘अति भएपछि खति हुन्छ नै । सर्वोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवम् राष्ट्रिय हित प्रतिकूल निर्णयहरुलाई बदर गरिदिएको छ,’ प्रवक्ता श्रेष्ठले मंगलबार साँझ ट्वीटरमा भनेका छन्, ‘संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको छ । जबकि यो मुलतःराजनीतिको काम हो । सबैलाइ चेतना होस् ।’
अति भए पछि खति हुन्छ नै।सर्बोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ। संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको छ।जबकि यो मुलत:राजनीतिको काम हो।सबैलाइ चेतना होस्।
— NKShresthaPrakash (@nksthaprakash) June 22, 2021