काठमाडौं- नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छिन् ।
साथीहरुसँग नुहाउन गएकी नीतु मंगलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।