काठमाडौं- नेकपा एमाले नेता भीम रावलले मंगलबार सर्वोच्च अदालतको आदेशले कामचलाउ प्रधानमन्त्री केपी ओलीबाट भएको गलत कार्य खारेज भएको टिप्पणी गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धति अबलम्बन गरिएकोमा त्यसलाई सर्वोच्चले खारेज गरेको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ । के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’
आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रमं केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमंले राजनीतिक नैतिकताको बोध गर्नुहोला?
मंपको विस्तार हुँदा तत्काल मैलै यस्तो ट्वीट गरेको थिएँ : pic.twitter.com/JjVziVlvd9— Dr. Bhim Rawal (@BhimRawal179) June 22, 2021