काठमाडौं- सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ ।
पार्टी कार्यालय भक्तपुरमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले रु तीन लाख ५१ हजारसहित राहत सामग्री कांग्रेस केन्द्रीय विपत् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए ।
कांग्रेसले विभिन्न नेताकार्यकर्ताबाट संकलन गरेको नगद तथा चामल दुई हजार ४७५ केजी, तेल दुई सय पोका, चिउरा, दाल, आलु, तेल, नुन, लत्ताकपडा, औषधिलगायत सामग्री बस्नेतलाई हस्तान्तरण गरेको हो ।