काठमाडौं- देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम प्रभावित भएको हो ।
असार ०९,बिहान ६:४५ बजे
डोटीको गैरा स्थित बर्षामापन केन्द्रमा पछिल्लो एक घण्टामा भारी बर्षामापन भएकोले रंगुनखोला लगायत उक्त क्षेत्र भई बहने स-साना नदीमा बहाब बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाई राखौ pic.twitter.com/hnSZ4ryzel— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 23, 2021
हाल देशका अधिकांश भू-भागहरुमा सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । साथै गण्डकी प्रदेश तथा बागमती प्रदेश का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । @NDRRMA_Nepal pic.twitter.com/8bevVfjljV
— Nepal Weather Forecast (@DHM_Weather) June 22, 2021