युरोकपः स्कटल्यान्डविरुद्ध क्रोएसियाको शानदार जित-Sutra News

युरोकपः स्कटल्यान्डविरुद्ध क्रोएसियाको शानदार जित

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

काठमाडौं- युरोकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा क्रोएसियाले स्कटल्यान्डलाई हराएको छ । समूह डीअन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ गोलले पराजित गरेको क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।



क्रोएसियाले स्कटल्यान्डविरुद्ध १७ औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । अग्रताका लागि निकोला भ्लासिचले गोल गरे ।

खेलको ४२औँ मिनेटमा स्कटल्यान्डले बराबरी गोल फर्कायो । स्कटल्यान्डका क्यालम मक्ग्रेगरले बराबरी गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा क्रोएसियाले दुई गोल गरेको थियो ६२औँ मिनेटमा क्रोएसियाका लुका मोड्रिचले गोल गर्दै खेलमा पुनः अग्रता कायम गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट