काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् विस्तारलाई वैधता नदिएको सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएका छन् ।
उनले अब मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार सर्वोच्चकै हो र ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारण राख्दै उनले सर्वोच्च अदालत विपक्षी गठबन्धनको प्रभावमा परेको आरोपसमेत लगाएका छन् ।
उनले प्रचण्डले गरेको भाषण, माधव नेपाल र भीम रावलको वक्तव्य तथा बुधबार सर्वोच्चको फैसला हेर्दा हुबहु भएको भन्दै अन्याय भएको टिप्पणी गरेका छन् । उनले देउवालाई २०७४ को अधिकार दिएको तर ओलीलाई नदिएको भन्दै सर्वोच्चको फैसलाप्रति प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ? माधव-रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ? देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस ! मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?’
आफ्नै नजीरविपरित फैसला!
२०७४ असाेज र ०७८ असारका बीच श्री सर्वाेच्च अदालतले गरेकाे फैसलामा देखिएकाे याे के हाे? आफ्नै नजीर र व्याख्याविपरित रहेकाे हिजोकाे फैसला विराेधाभाषपूर्ण र आश्चर्यजनक रहेकाे छ। संविधान र कानुनकाे व्याख्यामा यस्ताे परस्परविराेधी अभ्यासले कहाँ पु-याउने हाेला? pic.twitter.com/JVYJpX4swG— Surya Thapa (@ThapajiSurya) June 23, 2021